शिक्षमन्त्री श्रेष्ठलाई लिखित जवाफ दिन सर्वोच्चको आदेश
काठमाडौँ २३ असार । सर्वोच्च अदालतले रुपा सुनार प्रकरणमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई लिखित जवाफ दिन आदेश दिएको छ । जातीय विभेद गरेकी घरधनी सरस्वती प्रधानलाई रिहा गराउन पदको दुरुपयोग गरेको भन्दै न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
श्रेष्ठलाई बर्खास्त गर्न भन्दै परेको रिटमाथि सुनुवाई गर्दै १५ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत् लिखितजवाफ पेस गर्न भनिएको छ । रुपा सुनारलाई कोठा नदिएको र जातीय विभेद गर्ने बोली र व्यवहार देखाएको भन्दै प्रधानलाई उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई छुटाउन मन्त्री श्रेष्ठ आफै पुगेर गाडीमा हालेर लगेका थिए । यसले मन्त्री श्रेष्ठलाई विवादमा पारेको थियो ।