यूएईमा कार्यरत नेपालीले पठाए पीसीआर कीट
काठमाडौँ २३ असार । संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले सहयोग रकम सङ्कलन गरेर ५९ हजार थान पीसीआर किट नेपाल पठाएका छन् । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत बुधबार बिहान सामाग्री नेपाल पठाइएको उक्त किट सामाग्री बुधवार बिहान १० बजे काठमाण्डौ पुगेको छ । यूएईबाट पठाएको स्वास्थ्य सामाग्री पीसीआर किट स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले विमानस्थलमै पुगेर बुझ्नुभएको छ ।
नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग वितरण गरिने भएको छ ।
नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशमा समान ८ हजार ४ सय २८ थान कीटका दरले सहयोग वितरण गरिने भएको छ ।









