देशभर करिब ५७ प्रतिशत धान रोपाइँ
काठमाडौं, २३, असार । देशभर करिब ५७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार असार २२ गतेसम्म हेर्दा देशभर ५६.६१ प्रतिशत भू–भागमा धान रोपाई भएको हो ।अघिल्लो वर्ष यही समयमा ६०.६६ प्रतिशत रोपाइँ भएको थियो । विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले असार २२ गतेसम्म देशभर सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको जानकारी दिए ।
गत वर्ष यो अवधिमा ८ लाख ३२ हजार १३३ हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुने पनि उनले बताए । सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।
कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा झन्डै ४० प्रतिशत हाराहारी रोपाइँ भएको छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ८३ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा पनि ८० प्रतिशत हाराहारीमा रोपाई सकिएको विभागले जनाएको छ । तराईका अधिकांश जिल्लामा रोपाइँ सुरु भइसकेको छ । मध्यपहाड र उच्च पहाडी जिल्लामा पनि रोपाइँ यसअघि नै सुरु भइसकेको छ ।
कुन प्रदेशमा कति रोपाइँ, हेर्नुहोस,