image
image

रोजगारीका लागि साउदी जाने नेपालीको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

काठमाडौँ, २२, असार । रोजगारीका लागि साउदी जाने नेपालीहरुको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने सहमति भएको छ। साउदी श्रम प्रणालीले समेट्ने श्रमिकहरुको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले र घरेलु श्रमिकको हकमा सम्बन्धित रिक्रुटिङ एजेन्सीले बेहोर्ने व्यवस्था भएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

साउदी सरकारले गत २० मे २०२१ पछि साउदी प्रवेश गर्ने कोभिड खोपको पुरा मात्रा नलगाएका आप्रवासीहरुलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो। क्वारेन्टिन शुल्क हवाई भाडा बुझाउँदा नै बुझाउनु पर्ने व्यवस्था थियो। सो व्यवस्थाले आप्रवासीलाई क्वारेन्टिनबापत एक हजार अमेरिकी डलरसम्म भार थपिएको थियो। 

त्यसको प्रत्यक्ष मारमा नेपाली श्रमिकहरु परेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।