बंगलादेशले लगायो नेपालबाट हुने हवाई उडानमा अस्थायी प्रतिबन्ध
काठमाडौं, २२, असार। बंगलादेशले नेपालबाट हुने हवाई उडान र आउने यात्रुमाथि अस्थायी प्रतिबन्ध लगाएको छ। बंगलादेशमा कोरोना भाइरसको संक्रमण महामारी तीव्र रुपमा बढेपछि नेपाललगायत भारत, बोत्स्वाना, मंगोलिया, नामिबिया, पानामा, दक्षिण अफ्रिका र ट्युनीसियाबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो। आफ्नो देशमा कोरोना भाइरस संक्रमण महामारीको नयाँ भेरिएन्ट्स नभित्रियोस् भनेर अस्थायी प्रतिबन्ध लगाइएको बंगलादेश सिभिल एभिएसनले जनाएको छ। बंगलादेशले जुलाई १४ सम्म लकडाउन घोषणा गरेको छ।









