image
image

तोकिएको समयमा मल नल्याउने दुई आपूर्तिकर्ता कम्पनी कालोसूचीमा 

काठमाडौं, २२, असार । तोकिएको समयभित्रै रासायनिक मल आपूर्ति गर्न नसक्ने दुई आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् । कृषि सामाग्री कम्पनीमार्फत ठेक्का लिएर समयमै मल आपूर्ति नगर्ने शैलुङ इन्टरप्राइजेज प्रालि र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कालोसूचीमा परेका हुन ।ती कम्पनीले दुई वर्षसम्म कालोसूचीमा राखिएको हो । त्यो अवधिसम्म ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

ती दुई कम्पनीले समयमै मल ल्याउने प्रतिवद्धता गरे पनि आलटाल गर्दै आएको कृषि सामग्री कम्पनी जनाएको छ । ती कम्पनी मल समयमै आपूर्ति नगरिँदिदा गत वर्ष २०७७ को बर्खे खेती र हिउँदे खेतीको सिजनका लागि देशैभर मलको हाहाकार भएको थियो ।

शैलुङ इन्टरप्राइजेजले ५० हजार र मुक्तिनाथले २५ हजार मेट्रिक टन मल समयमै ल्याउन सकेका थिएनन् । समयमै मल नल्याएको भन्दै कृषि सामग्री कम्पनीले तत्कालीन कृषि मन्त्री घनश्याम भूषाल हुँदा नै शैलुङ र होनिका कम्पनीलाई कालोसूचीमा राख्न सिफारीस गरिसकेको थियो ।

शैलुङ इन्टरप्राइजेज कम्पनीका मालिक शारदाप्रसाद अधिकारी हुन् । उनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत हुन् ।प्रचण्डकै दबा र प्रभाव परेर शैलुङले विभिन्न पूर्वाधार निर्माण र मल आपूर्तिमा समेत ठेक्का पाइरहे पनि समयमै काम पूरा गर्न नसकेर छबि धमिल्याइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।