image
image

मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव

काठमाडौँ, २२, असार । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।महासंघका अध्यक्ष शेखर गोल्छाले हिजो आफूहरूले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा पुनर्कर्जा,ऋण तालिका पुनर्संरचना र पुनर्तालिकालाई निरन्तरता दिन सुझाव दिएको बताउनुभएको हो ।

महासंघले ब्याजदरलाई दुई अंकमा नबढाउन पनि सुझाव दिएको छ । हालको विषम परिस्थितिका कारण ब्याजदरलाई एक अंकमा कायम गराउनसमेत आग्रह गरिएको छ ।

अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला व्यवसायीले धानेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले साना तथा मझौला व्यवसायलाई कर्जाको प्रक्रिया सहज गराउन समेत माग गर्नुभएको छ । कूल कर्जाको १० प्रतिशत साना तथा मझौला उद्योगी व्यवसायीलाई दिने व्यवस्था मिलाउनसमेत उहाँले सुझाव दिनुभएको छ ।

महासंघले दुई वर्षसम्म कसैलाई पनि कालोसूचीमा नराखिदिन अनुरोध गरेको छ । साथै,राष्ट्र बैंकले बनाएको अति प्रभावित क्षेत्रको सूचीलाई परिमार्जित गरी अन्य पेशा,व्यवसायलाई समेत समेट्न उद्योगी तथा व्यवसायीहरूले माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।