image
image

नेकपा माओवादी केन्द्रका नेता महादेव यादवको निधन

काठमाडौँ, २२, असार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ।उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। ५७ वर्षीय यादवको सोमबार बेलुकी जनकपुरस्थित आफ्नै घरमा निधन भएको हो।

उनको श्रीमती, दुई छोरी र एक छोरा छन्।

यादवले २०३६ सालदेखि राजनीति सुरू गरेका थिए। २०४८ सालमा जनमोर्चाबाट उनी बालबाखर गाविस उपाध्यक्ष भएका थिए।यादवको निधनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्।

‘जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारू र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो,’ प्रचण्डले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ।यादवको निधनले देश र पार्टीलाई अपूरणीय क्षति पुगेको प्रचण्डको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।