image
image

नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले प्रबन्धपत्र र नियमावली मन्त्रालयमा बुझाएपछि अब रणनीतिक साझेदार भित्र्याउने विषयमा बहस शुरु हुने बताए । ‘हामीले प्रबन्धपत्रको प्रस्तावित ढाँचा मन्त्रालयमा बुझाएका छौं,’ उनले भने, ‘निकै लामो प्रक्रियाको बहस यहाँबाट शुरु भएको छ ।’ तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७६ साल असोजमा निगमका वर्तमान अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा निगम व्यवस्थापन सुधारका विषयमा सुझाव समिति गठन गरेका थिए ।

यो समितिले दिएको सेयर संरचनासम्बन्धी सुझावका आधारमा प्रबन्धपत्रको नियमावलीको ढाँचा तयारी पारी सरकारलाई बुझाइएको महाप्रवन्धक पौडेलले जानकारी दिए । उनका अनुसार ढाँचामा निगममा रणनीतिक साझेदार भित्र्याउने र त्यसका लागि सरकारको बहुमत सेयर रहने गरी पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । सुझाव समितिले नेपाल सरकार (कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल टेलिकम, बिमा समूह र अन्य इच्छुक र सक्षम सार्वजनिक संस्था)को ५१ प्रतिशत सेयर हिस्सा रहने गरी लगानी संरचनाको प्रस्ताव गरेको थियो ।

कम्पनीको अधिकृत पुँजी २ सय अर्ब पु¥याउने र त्यसमा विदेशी साझेदार वा नेपाली लगानीकर्ता, नेपाल एयरलाइन्सका वर्तमान तथा भुपू कर्मचारी, निजामती कर्मचारी, पर्यटन व्यवसायी र संघसंस्था तथा सर्वसाधारण लगानीकर्तासम्मलाई लगानी गर्न सक्ने गरी लगानी संरचनाको सुझाव समितिले दिएको थियो । यसै समितिको सुझावलाई समेटेर निगमले प्रवन्धपत्र र नियमावलीको ढाँचा बनाई मन्त्रालयका प्रस्ताव गरिएको महाप्रवन्धक पौडेलले जानकारी दिए । महाप्रबन्धक पौडेलका अनुसार मन्त्रालयलाई प्रबन्धपत्र र नियमावलीको ढाँचा पठाएसँगै अब सरकारले यस प्रस्तावबारे व्यापक छलफल गराउँछ । रणनीतिक साझेदार ल्याउन सक्ने अनेक मोडालिटीमा छलफल भई ठोस प्रस्ताव बन्ने उनी बताउँछन् । उनी भन्छन्, ‘नेपाल सरकारको निर्णय नै निगमका लागि सर्वमान्य हुन्छन् ।’
-सौर्य दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।