image
image

बैंकिङ कसुर मुद्दामा निर्देशक शिशिर राणा पक्राउ

काठमाडौँ २१ असार ।  बैंकिङ कसूर मुद्दाका प्रतिवादी  फिल्म निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सीआईबीको टोलीले सोमवार बिजुली बजारबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार, राणाले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४५ लाख रुपैयाँ बराबरको चेक काटी दिएका थिए ।

 
सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो ।  प्रहरीले राणालाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम अदालतले सजायको फैसला सुनाएको थियो ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।