image
image

सिन्धुपाल्चोकको बाह्रबिसेमा भौगर्भिक अध्ययनलाई तीव्रता

काठमाडौँ २१ असार  ।बाह्रबिसे नगरपालिकाले बाढी र पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता दिएको छ । नगरपालिकाले आइतबार वडा नं ७ को आरूचे, हुण्डुङ, ढकाल गाउँबाट भौगर्भिक अध्ययनको शुरुवात गरेको हो । 


जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भू–गर्भविद्सहितको विज्ञ टोलीको नेतृत्व उपप्रमुख सुशीला पाख्रिनले गरिरहनुभएको छ । दोस्रो दिन एउटा टोलीले नागपुजे, भीरखर्क पहिरोका शुरूआत बिन्दु घुम्थाङ्  टुँडिखेलको फेदी हुँदै घुम्थाङ् शेर्पा बस्तीको सिरानसम्मको अध्ययन पूरा गरेको उपाध्यक्ष पाख्रिनले जानकारी दिए ।


अर्को टोलीले भिरखर्क, भिर थाप्लोलगायतका बस्तीस्तरीय अध्ययन गरेको छ । जोखिमपूर्ण बस्तीमा उपप्रमुख पाख्रिनको नेतृत्वमा रहेको भू–गर्भविद्को टोलीले मिहिनसँग अध्ययन गरिरहेको छ । गाउँ पुगेको विज्ञ टोलीलाई इलाका प्रहरी, वडाका प्राविधिक, प्रतिबद्ध संस्थाका इञ्जिनीयर प्रतिनिधिले सहयोग गरिरहेका छन् । विज्ञ टोलीले नगरपालिकाको नौ वटै वडामा अध्ययन गर्ने छ । अध्ययन प्रतिवेदनको फाइनल रिपोर्ट आएपछि नगरपालिकाले विस्तृत योजना बनाएर काम बढाउने उपप्रमुख पाख्रिनले बताए ।


“हामीले भौगर्भिक अध्ययनलाई तीव्रता दिइरहेका छौँ, हाम्रो ठाउँ खासगरी बाढीपहिरोको उच्च जोखिममा छ, अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा नगरवासीलाई सुरक्षित बसोबासको प्रबन्ध मिलाउन सहयोग पुग्नेछ”, उपप्रमुख पाख्रिनले भने ।

नगरपालिकाले यसअघि वडा नं– ५ खोराङ बस्तीका बाढीपहिराका कारण उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिसकेको छ । खोराङका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उपप्रमुख पाख्रिनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।