image
image

आउदो निर्वाचनका लागि ६७ बुँदे कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाडौँ २१ असार ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन गर्ने  घोषणा अनुसार आयोगले कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

 आयोग स्रोतका अनुसार पहिलो चरणको निर्वाचनका लागि आयोगले तयार गरेको कार्यतालिकामा असोज २० उमेदवारी मनोनयन तथा उजुरीका लागि असोज २२ र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनेको छ । त्यस्तै, दोस्रो चरण मंसिर ३ मा हुने निर्वाचनका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता र कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेगरी कार्यतालिका बनेको छ ।   



  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।