सेनाले दियो नेपाल प्रहरीलाई अत्याधुनिक हतियार
काठमाडौँ २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्डामा आयोजित कार्यक्रममा तीन सय नाल हतियार, गोलाबारुद र एम्युनिसन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेका छन् ।
नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि हतियार हस्तान्तरण गरिएको हो । मन्त्रिपरिषद्को १७ जेठको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई राइफल र मेसिनगन उपलब्ध गराएको छ।
सेनाका अनुसार राइफल, सबमेसिनगन, लाइट मेसिनगन गरी जम्मा १० हजार आठ सय १८ नाल तथा गोलीगठ्ठा १४ लाख ९४ हजार १६ थान उपलब्ध गराएको छ ।त्यस्तै तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।