image

मनकामना स्मार्टको आईपीओका लागि मागभन्दा साढे ६२ गुणा बढी आवेदन,  आज अन्तिम दिन !

मनकामना स्मार्टको आईपीओका लागि मागभन्दा साढे ६२ गुणा बढी आवेदन, आज अन्तिम दिन !

काठमाडौं । बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीद गर्ने असार २१ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ पौने ६ बजेसम्म १७ लाख २५ हजार ६७८ जनाले २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६२ दशमलव ५२ गुणा बढी आवेदन हो । 

सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले आईपीओ छिटो अवधिभित्र मात्र विक्री गर्न लागेको हो । असार २१ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने ढिलोमा असार ३१ गतेसम्म आईपीओ विक्री गर्ने मिति तय गरिएको थियो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आज (सोमवार) बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ प्रदान गरेको छ ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Fpgfxw

sildenafil 150mg canada - <a href="https://bestusasild.com/">buy generic viagra 100mg</a> order sildenafil 50mg pills

Nlkgcf

order cialis 10mg without prescription - <a href="https://celecoxibr.com/">oral celecoxib 100mg</a> flomax 0.4mg us

Vhlirb

levofloxacin 500mg pill - <a href="https://levofloxacinr.com/">order levofloxacin online</a> tadalafil 10mg usa

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।