उपत्यकामा पूर्ण निषेधाज्ञाको प्रावधान हटाउदै थपियो निषेधाज्ञा, अब के–के बाँकी छ खुल्न ?
काठमाडौँ २० असार । उपत्यका प्रशासनले निषेधाज्ञा अवधी थप गरेपनि निषेधाज्ञा अधिकांश प्रावधान हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो ।
प्रशासनले सबै प्रकारका सभा-सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।
पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ । स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ।
यद्यपी प्रशासनले यातायातमा लगाइएको जोर–विजोर प्रणाली पनि हटाएको छ । सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ । त्यस्तै रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।