image
image

राजाको पक्षमा पल शाह, भन्छन्- राजा आउ देश बच्चाउ

काठमाडौँ २० असार । रजतपट कोशेली अभियान अन्र्तगत ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित भएका अभिनेता पल शाह पछिल्लो समयमा चर्चित बनेका छन् । थुप्रै म्युजिक भिडियो फिल्म र समाज सेवाबाट चर्चा पाईरहेका शाह हाल एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति बाट झन् चर्चामा आएका छन् । उनि हालै प्रकाश सुवेदीको कार्यक्रम ‘ग्लयामर गफ’मा गएर दिएको अभिव्यक्ति सोसियल मिडियामा भाइरल भइरहेका छन् ।


कार्यक्रमको सुरुवाततिर प्रस्तोता सुवेदीले उनलाई सोध्छन्, ‘राजा आऊ देश बचाऊ कि फेरि पनि केपी बा आऊ देश चलाऊ?' जवाफ उनी सहजै दिन्छन्, ‘राजा आउ देश बचाऊ।’

त्यसपछि प्रस्तोता त्यसको कारण सोध्छन्। उनी स्पष्ट पार्दै भन्छन्, ‘घरमा एकजना गार्जियन (अभिभावक) भयो भने उसको बच्चाबच्ची डिसिप्लिनमा बस्न सक्छ। घरमा १० जना छ र १० जना नै गार्जियन हुन थाल्यो भने त्यहाँ भाँडभैलो, झैझगडा र हानाहान हुन्छ। कुनै पनि साथीभाइ सर्कलमा पनि त्यही हो। त्यसैले गार्जियन चाहिन्छ हामीलाई। गार्जियन पहिले पनि हुनुहुन्थ्यो। अहिले गार्जियन नभएर सबैले दुःख पाइरहेको छ।’ 

त्यस्तै उनले राजालाई भगवान विष्णु भगवानसँग तुलना गरेका छन् ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।