image
image

जापानमा नेपालीको जनसंख्या १ लाख पुग्यो 

काठमाडौँ । जापानमा नेपालीहरुको संख्या झन्डै १ लाख पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२१ फेब्रुअरी २ तारिखमा सार्वजनिक गरेको तथ्यांकअनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ पुगेको हो। मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा २०२० मा जापानमा नेपालीको संख्या ५.८ प्रतिशतले बढेको छ ।

व्यावसायिक, प्राविधिक क्षेत्रअन्तर्गत जापानमा रहेका नेपालीहरूको जनसंख्या १७ हजार १७ पुगेको छ । भने प्रविधि र मानविकी, ज्ञान तथा अन्तर्राष्ट्रिय व्यापारमा १२ हजार ९ सय ४२ जना नेपाली रहेका छन् । ताजा तथ्यांकअनुसार जापानमा सन् २०२० को अन्त्यसम्ममा विशिष्ट गतिविधिअन्तर्गत विशेष दक्षतायुक्त भिसा पाएका नेपालीको संख्या गत वर्ष २.५ प्रतिशतले वृद्धि भएको छ । हाल यो भिसाअन्तर्गत रहेका नेपालीको संख्या जापानमा २५ सय २९ जना रहेका छन् ।

प्राविधिक प्रशिक्षार्थी कामदारका रूपमा रहेका नेपालीको संख्या अहिले जापानमा ६ सय ४४ रहेको छ जुन सन् २०१९ को तुलनामा ०.६ प्रतिशत बढीहो । जापानमा रहेका नेपालीहरूको तथ्यांकमा सबैभन्दा धेरै नन् क्वालिफाइड एक्टिभिटी अर्थात् दक्ष अर्धदक्ष पेसामा आबद्ध नेपालीहरूको संख्या रहेको छ । यसअन्तर्गत सन् २०२१ को ताजा तथ्यांकअनुसार जापानमा नेपालीको संख्या ७४ हजार ६ सय ७३ रहेको छ । यसमा अध्ययनरत विद्यार्थीहरूको संख्यासमेत समावेश गरिएको छ ।

निवासका आधारमा जापानको स्थायी निवासी भएका नेपालीको संख्या २ हजार ३ सय ५७ पुगेको छ भने जापानी महिला वा पुरुषसँग घरबार गरेर बसेका नेपालीको संख्या ११ सय ७० रहेको छ । यसमा जापानको स्थायी निवासको दर्जा प्राप्त गरेका नेपालीको संख्या ५ सय ३३ पुगेको छ ।

यसैगरी तेइजु प्राप्त गर्ने नेपालीको संख्या जापानमा ७ सय ४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । कार्यक्षेत्र अन्तर्गत पेसागत आधारमा कन्स्ट्रक्सन ‘निर्माण उद्योग’मा ७ सय ५९ र  म्यानुफ्याक्चरिङ क्षेत्रमा  १२ हजार ६ सय ८२ नेपाली कार्यरत रहेका छन् । जापानमा रहेका नेपालीहरूको पेसागत आधारको निवास स्थितिअनुसार सूचना र संचार उद्योगमा ६ सय ६१ जना भिसाको स्थितिअनुसार खुद्रा तथा होलसेल व्यापार क्षेत्रमा १६ हजार ५ सय ३९ नेपाली छन् । 

सबैभन्दा धेरै पेसागत कार्यक्षेत्रअन्तर्गत जापानमा आवास व्यवसाय, सेवा उद्योग (खाने तथा पिउने होटल, रेस्टुराँ) क्षेत्रमा कार्यरत नेपालीको संख्या २९ हजार २ सय ५८ पुगेको छ । शिक्षा अध्ययन, अध्यापन तथा सहायता क्षेत्रमा जापानमा ४ सय ७६ नेपाली छन् । सेवासहित अन्य विविध क्षेत्रमा कार्यरत रहेका नेपालीको संख्या २५ हजार ६ सय १ छ । चिकित्सा स्याहार तथा सामाजिक कल्याण क्षेत्रमा कार्यरत नेपालीको संख्या जापानमा सन् २०२१ मा ८ सय १३ जना नेपाली रहेका छन् ।

जापानमा नेपालीको बसोबास सन् २००८ मा केवल १२ हजार २ सय ८६ रहेको थियो । त्यसमा उच्च वृद्धि हुने क्रममा सन् २०१६ मा ५२ हजार ७ सय ७० पाइएको थियो । जापानमा नेपालीहरूको वृद्धि त्यसयता लगातार भइरहेको छ । जापानको सरकारी तथ्यांकअनुसार २०१७ मा ६९ हजार १ सय ११ जना नेपाली रहेकामा २०१८ मा त्यो संख्या ८१ हजार ५ सय ६२ पुगेको थियो । जापानमा हाल विदेशी नागरिकको संख्या १७ लाख २४ हजार ३ सय २८ पुगेको छ । यसमा सबैभन्दा धेरै भियतनामी नागरिक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।