image
image

मानव तस्करी रोक्न कतारले गरेको प्रयासको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा

काठमाडौँ २० असार । कतारले आप्रवासी श्रमिककोे अधिकार संरक्षणका लागि गरेको प्रयासको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको छ। न् २०२१ को ‘ट्राफिकिङ्ग इन् पर्सन’ (टिआइपी) को रिपोर्ट प्रस्तुत गर्दै अमेरिकी विदेश सचिव एन्टोनी क्लिन्टनले कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयअन्तर्गत श्रम मामिलाका सहायक सचिव मोहम्मद हसन अल–ओबेद्लीलाई ‘मानव तस्करी नियन्त्रणको नायक मध्येको एक’ संज्ञा दिँदै अवार्डबाट पुरस्कृत गरे।

 त्यस्तै अन्तर्राष्ट्रिय मापदण्ड र ‘कतार नेशनल भिजन २०३०’ को लक्ष्य अनुरुप प्रवासी श्रमिक र उनीहरूको अधिकारको संरक्षण गर्नसमेत कतार सफल भएको बताइएको छ। मानव तस्करीविरुद्ध लड्न राष्ट्रिय समितिले बाँकी मन्त्रालय र सम्बन्धित अधिकारीको सहयोगमा कतारले अनुमोदन गरेको मानव बेचबिखन नियन्त्रण र सन्धि सम्झौतामा रहेको प्रावधानअनुरुप प्रवासी श्रमिकलाई सुरक्षा प्रदान गर्ने राज्यको प्रयासमा समन्वय गरेको थियो। सो कामको अमेरिकी बिदेश बिभागले उच्च प्रशंसा गरेको थियो।

 साथै ‘काफला’ प्रणाली सुधार गर्न कतारले गरेको प्रयास, श्रमिकको अधिकार हनन्को विषयमा गरेको सम्बोधन र प्रवासी श्रमिकको अधिकारलाई अभिवृद्धि गर्ने नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने प्रयासको लागि कतारलाई सम्मान गरिएको  

 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।