image
image

डाबर नेपालले ल्यायो ‘रियल इम्यूनो म्याङ्गो प्लस’

काठमाडौँ २० असार । डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु¥याउने नयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ। उक्त जुस नेपालकै पहिलो फोर्टिफाइड जुस भएको कम्पनीको दावी छ ।परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।


डाबर नेपालका प्रमुख एच.एस. बेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन वृहत बनाउँदै नेपालको नं. १ जुस उत्पादक डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । रियल इम्यूनो म्याङ्गो प्लस एउटा स्वास्थ्य वद्र्धक र ज्यादै मीठो आँपको जुस भएको र पावर अफ फाइभले भरिपूर्ण रहेको पनि उनले बताए ।


रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुलसी, अश्व गन्धा, भिटामिन सी र जिङ्कले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने कम्पनीको दावी छ । तत्कालका लागि फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० र १ लिटर प्याकको मूल्य २५० कायम गरिएको पनि कम्पनीले जनाएको छ ।  

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।