निजामती सेवाबाट बिदा भए प्रेमप्रसाद सञ्जेल
काठमाडौँ १९ असार । भ्रष्ट्राचार विरोधी सरकारी कर्मचारीको छवि बनाएर चर्चामा रहेका उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन्।विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा कार्यरत उपसचिव सञ्जेलले ५८ वर्षे उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका हुन्।
उनले सामाजिक संजालमा मात्र ४० वर्ष चार महिना ६ दिन जनताको सेवा गरी बिदा भएँ भनेर लेखेका छन् । उनले आफ्नो अनुभव बाड्दै नेपालमा नेता मात्र नभई कर्मचारी पनि उत्तिकै खराब भएको उल्लेख गरेका छन्।
उनले सामाजिक संजालमा मात्र ४० वर्ष चार महिना ६ दिन जनताको सेवा गरी बिदा भएँ भनेर लेखेका छन् । उनले आफ्नो अनुभव बाड्दै नेपालमा नेता मात्र नभई कर्मचारी पनि उत्तिकै खराब भएको उल्लेख गरेका छन्।









