आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद
काठमाडौँ १९ असार । बलिउड अभिनेत्री आमिर खान र किरण रावको सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको १५ वर्ष पछाडि दोस्रो सम्बन्धविच्छेद हो ।
आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।त्यसपछि उनको जीवनमा किरण राव आएकी थिइन्। बिहे भएको १५ वर्षपछि यी जोडी पनि अलग हुदैछन्।
आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।”
उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।