अब मेरो सेयरको पासवर्ड आफैले परिवर्तन गर्न सकिने
काठमाडौँ १८ असार। अब मेरो सेयरको पासवर्ड आफैले परिवर्तन गर्न सकिने भएका छन् । सिडिएससीको उक्त काम अन्तिम चरणमा पुगेको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले अब केहि समय पछि लगानीकर्ताले मेरो सेयरको पासवर्ड बिर्सेको खण्डमा फर्गेट पासवर्डमा क्लिक गरेपछि सिस्टममा रेकर्ड भएको जस्तैः पुरानो पीन नम्बर, जन्ममिति, इमेले आईडी माग्ने र त्यो म्याच भएको खण्डमा सिस्टमबाट सहजै पासवर्ड परिवर्तन गर्न सकिने बताए ।
हालसम्म सिडिएससीले पासवर्ड बिर्सेको खण्डमा १०० पटकसम्म प्रयास गरेर पासवर्ड थाहा पाउन सकिने व्यवस्था गरेको छ । त्यो भन्दा अघि १० पटकसम्म प्रयास गर्दा पासवर्डले नमान्ने वार्निङ गर्ने र नयाँ लिनुपर्ने व्यवस्था थियो । त्यो व्यवस्थालाई हटाएर १०० पटक पुर्याइएको थियो । अब त्यो झमेला पनि नहुने भएको छ । पासवर्ड बिर्सेपछि आफै पासवर्ड राख्न सकिने छ । अहिले पासवर्ड ६ महिनामा परिवर्तन गर्नुपर्ने व्यवस्था रहेको छ ।