आन्तरिक उडानमा श्री एयरलाइन्सको आकर्षक योजना, कोरोना विरुद्ध खोप लगाएकालाई १० प्रतिशत छुट
काठमाडौँ, १८, असार । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि आकर्षक योजना ल्याएको छ । कोरोना भाइरस संक्रमण विरुद्धको दुवै चरणको खोप लगाइसकेका यात्रुलाई सबै गन्तव्यमा तोकिएको भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार यो योजना शुक्रबारदेखि लागु गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको यो योजनामार्फत खोप लगाइसकेका यात्रुलाई थप फाइदा हुनका साथै सरकारको खोप कार्य क्रमलाई प्रोत्साहित गनेए उद्देश्य रहेको उनले बतए । करिब खुई महिनापछि आन्तरिकतर्फको नियमित उडान खुला भएको छ । हालको अवस्थामा सुरक्षित हवाई सेवा नै मेख्य प्राथमिकतामा छ । थप सुक्ष्ति होस् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेका हौँ, उनले भने दुवै चरणको खोप लगाइसकेका यात्रुले श्रीको नियमित उडानमा १० प्रतिशत छुट पाउन सक्नेछन् ।
उनका अनुसार यात्रुले छुटको यो योजनाको लाभ कम्पनीको सबै टिकट बिक्री कक्षबाट लिन सक्नेछन्। यो योजनाबाट लाभ लिन यात्रुले सरकारले दिएको खोप कार्ड पेश गर्नुपर्ने प्रावधान छ। सरकारको निर्णय अनुसार बिहीबारदेखि ५० प्रतिशत उडान संख्याको आधारमा आन्तरिक उडान खुला गरेसँगै कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १० वटा उडानको तालिका पाएको छ।
कम्पनीले दुईवटा सीआरजे–२००, दुई सीआरजे–७०० र दुई टर्बोप्रोप–क्यु–४०० लगायत ६ वटा जहाजमार्फत विभिन्न गन्तव्यमा आन्तरिक उडान सेवा दिँदै आएको छ। प्रवक्ता मानन्धरका अनुसार यतिखेर काठमाडौं आउजाउ गर्ने यात्रुको अकुपेन्सी दर ८० प्रतिशत कायम हुँदै आएको छ।