image
image

खोपको डबल डोज नलिएकालाई कुवेतले लगायो प्रवेश निषेध

काठमाडौँ, १८, असार। कोरोना भाइरस संक्रमण विरुद्ध खोपको डबल डोज नलगाएका विदेशी नागरिकलाई प्रवेश नपाइने । कुवेतमा स्वीकृति प्राप्त खोप लगाएका विदेशी नागरिकले मात्र प्रवेश पाउने भएका छन्।कुवेतको मन्त्रिपरिषद्को निर्णय अनुसार फाइजर, अक्सफोर्ड, मोडर्ना र जोन्सन् एन्ड जोन्सन् खोपलाई स्वीकृति दिइएको छ।

सो निर्णय अनुसार फाइजर,अक्सफोर्ड र मोडर्नाका दुवै डोज वा जोन्सन् एन्ड जोन्सन्को कम्तीमा एउटा डोज लगाएका विदेशीले मात्र कुवेत प्रवेश गर्न पाउनेछन्। कुवेती नागरिकको सन्दर्भमा भने यो नियम लागू हुने छैन।त्यस्तै, स्वीकृत खोपको कुनै एउटा मात्र डोज लगाइ अन्य देशको यात्रामा निस्किएका आप्रवासीले सो खोपको दोस्रो डोज नलगाउँदासम्म कुवेत प्रवेश गर्न पाउने छैनन्।

त्यसैगरी, अगस्ट १ भन्दा पहिले कुवेत छोडी अन्यत्र जान चाहने १५ वर्षमुनिका खोप नलिएका आप्रवासी बालबालिकाहरुको लागि यात्रा गर्नुभन्दा पहिल्यै आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताइएको छ।

कुवेत प्रवेश गर्न चाहने १२ वर्षदेखि १५ वर्षका बालबालिका पनि स्वीकृत खोप नलिएको खण्डमा कुवेत प्रवेश गर्न पाउने छैनन्। यद्यपि, बालबालिकाले खोप लगाउनु पर्ने वा नपर्ने भन्ने अध्ययनको विषय भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।