नेपालमा ‘प्रोटोन एक्स७०’सार्वजनिक,के छ विशेषता ?
काठमाडौँ १७ असार । नेपालमा मलेसियन ब्रान्ड प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ सार्वजनिक भएको छ । ५ बर्ष अथवा १,५०,००० कि.मि वारेन्टी दिएको उक्त गाडीको नेपालमा सुरुवाती मूल्य ८६ लाख ९९ हजार तोकिएको छ ।
त्यस्तै यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको कम्पनीको दावी छ । यसमा उच्चस्तरीय अन्तर्राष्ट्रिय कम्पनी भल्भोसँग मिलेर प्रोटोनले संयुक्त रुपमा यसमा रहेको १.५ लिटरको टर्बो चार्ज्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन (टीजीडीआई) थ्री सिलिन्डर इन्जिन रहेको छ । जसले कम तेल खपत, कम फ्रिक्सन क्षती, छिटो रेस्पोन्स र गज्जबको ड्राइभिङ अनुभव प्रदान गर्दछ । यसले अधिकतम टर्क भने १,५००–४,००० आर.पी.एममा प्रदान गर्ने बताईएको छ ।
सुरक्षाका अत्याधुनिक फिचर्स रहेको यस एसयूभीमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम अन्तर्गत रहेको थ्रीडी होलोग्राफिक डिटेक्सन सिस्टममा २ ओटा सेन्सर, ५ ओटा क्यामेरा र ९ ओटा राडर रहेका छन् । जुन चाहिँ इन्टेरियर लाइटिङ र गाडीको आवाजसँग कनेक्टेड हुन्छन् र आउने अफ्ट्यारो अवस्था आएमा यसले सचेत गराउने काम गर्छ ।
यसैगरी यो गाडीमा रहेको प्रि कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ्ग सिस्टमले बाटोका ट्राफिक स्थितिलाई डिटेक्ट गर्दछ र यदि कुनै वस्तुसँग ठोक्किन लागेको थाहा पाएमा ड्राइभरलाई तत्काल चेतावनी दिने गर्दछ ।
यसमा भोइस कमान्ड सिस्टम पनि रहेको छ । यसमा रहेको अत्याधुनिक भोइस कमाण्ड सिस्टमले गाडी भित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा काम गर्दछ । भोइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफुले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका बिभिन्न फिचर्स बारे सोधपुछ देखि लिएर गाडीको पुरै सिस्टम कन्ट्रोल गर्न सक्ने सम्म काम गर्दछ ।
साथै यस गाडीमा अत्याधुनिक मोबाइल कनेक्टिभिटी टेक्नोलोजी समेत जडित रहेको छ, जस अन्तर्गत चालकले सिस्टममा आफ्नो मोबाइल फोन कनेक्ट गरेर नेभिगेसन, फोन, म्युजिक र अन्य सेवाको उपयोग गर्न सक्नेछन् ।