image

मेस्सीकाे सम्झौता समाप्त

एजेन्सी । लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि–एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् ।

विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् ।

बार्सिलोनाले छाड्ने पछिल्ला १२ महिनाको कोशिश पछि मेस्सी अनुबन्धबाट बाहिर आएका छन् ।

बार्सिलोनाको एकेडेमीबाट आएका मेस्सीले आफ्नो सम्पुर्ण करियर क्लबमै बिताए । तर पछिल्लो समय कुनै पनि ठुला प्रतियोगिता जित्ने योजना बन्न नसकेपछि मेस्सी क्लबसंग असन्तुष्ट थिए । 

अर्जेन्टिनी फरवार्डको सम्झौता गत रातिबाट सकिएको हो । विभिन्न दाबी र अनुमानलाई गलत सावित गर्दै सम्झौता नविकरणका लागि मेस्सी क्लबसंग तयार भएनन् ।

नयाँ सम्झौताका लागि छलफल भईरहेको छ । मेस्सी निशुल्क रुपमा कुनैपनि क्लबमा अनुबन्ध हुन सक्नेछन् । सो वापत बार्सिलोनाले कुनै मुल्य पाउने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।