image
image

कन्टेनर बाहिरिन नसक्दा सिर्सिया सुक्खा बन्दरगाहको भन्सार यार्डमा ठाउँको अभाव

वीरगञ्ज । अन्तरराष्ट्रिय नाकाका रुपमा रहेको मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहबाट कन्टेनर बाहिरिन नसक्दा हाल २ हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ । तीमध्ये कतिपय कन्टेनर खाली अवस्थामा रहेको बताइएको छ ।     
     
 वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना सङ्क्रमणकालदेखि नै कन्टेनर थन्किएको अवस्थामा रहेको सो कार्यालयले बताएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार लकडाउनको समयमा तेस्रो मुलुकबाट सामान लिएर कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट आएका कन्टेनर जाँचपासको अभावमा बाहिरिन नसक्दा त्यहाँ अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको शाखा अधिकृत तर्कराज जोशीले बताए ।     
     
 अहिले भन्सार यार्डमा थन्किएर रहेका २ हजार ६३९ कन्टेनरमध्ये केही कन्टेनर बाहिरिने प्रक्रियामा रहेका छन् भने अन्य कन्टेनर भन्सार जाँचपास नहुँदा बाहिरिन सकेका छैनन् । एउटा रेलमा ९० ओटा कन्टेनर हुने गरेको र अहिले दैनिक तीन ओटा रेल आउने गरेका छन् । पुरानो थन्किए रहेका कन्टेनर बाहिर निस्कन नसक्दा यसको प्रभाव भन्सार यार्डमा पर्न गएको छ ।     
     
पाँच वर्षका लागि सुक्खा बन्दरगाहको ३३३ करोड रुपियाँमा ठेक्का पाएको ठेकेदार कम्पनी प्रिष्टिना भ्यालीले लिएको छ । सो बन्दरगाहमा सामान उठाउने रिचस्टेकर मेशिन चार ओटा छन् ।

हिमालय टर्मिनलले इन्टर मोडललाई दिने भनिएको थप चार ओटा रिचस्टेकर मेशिनमध्ये तीन ओटा बनिसकेका र एउटा मेशिनको मर्मत सम्भार भइरहेको छ । समयमा सो मेशिन नदिंदा कन्टेनर लोड अनलोडमा समस्या परेको छ ।     
     
 दिनप्रतिदिन रेलमार्गमार्फत सुख्खा बन्दरगाहमा आउने कार्गोको सङ्ख्या बढदै गइरहेको अवस्थामा पर्याप्त रिचस्टेकर मेशिनको अभावमा कन्टेनर समयमा उठन नसकेपछि यस्तो अवस्था आएको हो ।

बन्दरगाह सञ्चालक भारतीय कम्पनी प्रिस्टाइन भ्यालीसँग रहेका चार ओटा रिचस्टेकरले मात्रै काम गर्ने गरेका कारण रेल्वे र्‍याक आए पनि उक्त मेशिनले उद्योगी व्यापारीको मालसामान ट्रकमा लोड अनलोड गर्न छाडेर रेल्वे र्‍याकका कन्टेनर खाली गर्नमा प्रयोग गर्ने गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।