प्रांगारिक उत्पादनमा कृषको चासो बढ्दो
काठमाडौँ, १६, असार । भोजपुरका किसान अगाएनि तरकारी उत्पादनमा लागेका छन् । विषदीरहित तरकारीको माग बढेसँगै कृषकले अर्गानिक तरकारी खेती गर्न थालेका हुन् । विषदीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय सवास्थ्यमा प्रतिकुल असार पार्ने स्वस्थ्यकमीले सुझाएपछि यहाँका किसान अर्गानिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । कृषी ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिरवारले अर्गानिक खेति थालनी गरेका छन् ।
स्याउला तथा गाईगोरुको मलमुत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन थालेको स्थानीय कृषक शान्तीकुमार कार्कीले बताउनुभयो । यसरी लगाएको तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशको मुत्रलाई विषदीको रुपमा प्रयोग गर्ने गर्छन् । कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले याहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीका हाल्ने गरेको उनको भनाइ छ । उनले भने , हामीले २१ वटा आधुनिक टनेल निर्माण गरेर अर्गानिक खेती थालेका छौँ । कृषी ज्ञान केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्गानिक तरकारीको मागलाई पूरा गर्ने गरी खेती गरेको छौँ ।
मानवीय स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले उनीहरु आलु, टमाटर, मुलालगायत अन्य तरकरारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोगग गर्न थालेका छन् । उत्पादन बढाउन कम्पोस्ट र प्राङगारिक मलको प्रयोग बढ्दै गएको कृषकहरु बताउँछन् । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङ्गारिक खेति प्रर्वंद्धन अभियान कार्यक्रमअन्तर्गत तरकारी खेतीको थालनी गरिएको बताइएको छ । विषादीरहित तरकारीको बजार माग पनि बढिरहेको र यसले मानवीय स्वास्थ्यलाई फाइदा पुग्नका साथै मूल्य पनि राम्रो पाइने याहाँको किसानको भनाइ छ । घरगोठमा निर्माण भएको मलाको प्रयोग गरी तकारी खेती गर्नेको सङ्ख्या पनि क्रमशः बढ्न थालेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
दश लाखको लागतमा दुई वटा कलस्टर बनाएर प्याउली र सिमटारको कृषक समूहमा परीक्षणको रुपमा अर्गानिक खेतीको थालनी गरिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्याइरहेकाले अर्गानिक तरकारी उत्पादनलाई प्राथमिकतामा राखेको केन्द्रले जनाएको छ ।
केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादबले भने, ‘‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौँ । अर्गानिक खेतीलाई प्रवद्र्धन गर्नका लागि जिल्लामा पहिलो पटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौँ । यसले बजारमा रहेको अर्गानिक खाद्यबालीको मागलाई केही हदसम्म पूरा गर्नेमा हामी ढुक्क छौँ ।’’
कृषि उपकरण वितरण
केन्द्रले अनुदानमा कृषकलाई १३५ वटा हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
माग गरेको आवेदनका आधारमा जिल्लाका नौ वटै स्थानीय तहका कृषकलाई उक्त ट्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।
अनुदानमा हाते ट्याक्टर पाएपछि यहाँका कृषक खुशी भएका छन् । स्थानीय कृषक सुरेश अधिकारीले भने, ‘‘कार्यालयको ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर पाउँदा खुशी लागेको छ । कृषि उपकरणको सहायताले कम लागतमा बढी उत्पादन हुनेमा हामी आशावादी छौं ।’ अधिकांश युवा रोजगारीका क्रममा गाउँबाट हिडेकाले कामदार समस्या छ । “गाउँघरमा गोरु र हली पाउन गाह्रो भएको छ”, उनले भने, ‘हाते ट्याक्टर अनुदानमा पाएपछि समस्या हटेको छ ।’
गोरु र हली पाइहाले पनि महँगो ज्याला दिनुपथ्र्यो भन्दै उनले यसको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सकिने बताए । यसको बजार मूल्य रु ८० देखि ९० हजार पर्छ । केन्द्रले किसानसँग २५ प्रतिशत रकम लिई अनुदानमा वितरण गरेको हो । यसले एक लिटर डिजेलबाट तीन घण्टासम्म खेत र बारी जोत्न सक्ने केन्द्रले जनाएको छ ।
गोरुले जोत्दा लागत बढ्न थालेपछि पछिल्लो समय यसको माग बढ्दै गएको छ ।