image
image

१ लाख भन्दा बढी रकमसहित ५ जुवाडे पक्राउ

काठमाडौँ, १६, असार । दाङमा एक लाखभन्दा बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३० वर्षीय समिर केसी, ४३ वर्षीय केशव बिक, तुलसीपुर ८ कटकुँईयाका ३३ वर्षीय ईश्वरीप्रशाद भुसाल, २७ वर्षीय दुर्गाप्रसाद डाँगी र ३७ वर्षीय सुमन चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा खटेको टोलीले कटकुँईयाका बिष्णुप्रसाद शर्माको घरबाट उनीहरुलाई पक्राउ गरेको हो।इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएका प्रहरीले  शर्माको घरमा जुवा खेलिरहेको सूचनाका अधारमा मंगलबार राति ११ बजेतिर उनीहरुलाई पक्राउ गरेका हुन्।

पक्राउ परेकाहरुको साथबाट एक लाख ९ हजार चार सय ७० रुपैंयाँ नगद र जुवा खेल्न प्रयोग गरिएका ताससमेत बरामद भएको प्रहरीको भनाइ छ।पक्राउ परेकाहरुलाई इप्रका तुलसीपुरको थुनामा राखेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही गरिने प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।