आज युरो कपमा इंग्ल्यान्ड र जर्मनी भिड्दै
काठमाडौँ, १५, असार । युरो २०२० मा आज इंग्ल्यान्ड र जर्मनीबीच अन्तिम १६ को खेलमा प्रतिस्पर्धा हुँदैछ। लन्डनमा हुने खेल राति ९ः४५ बजे सुरू हुनेछ। उपाधि दाबेदारबीचको यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूह चरणका तीन खेलमा गोल नखाएको इंग्ल्यान्डले दुई गोल मात्र गर्न सक्यो। चेक र क्रोएसियालाई समान १–० गोलले पराजित गरेको इंग्ल्यान्डले स्कटल्यान्डविरुद्ध गोलरहित बराबरी खेल्यो।
जर्मनीले युरो २०२० को सुरुवात हारबाट गरेको थियो। फ्रान्सविरुद्ध १–० ले पराजित भएको जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ गोलले पराजित गर्यो। हंगेरीविरुद्धको खेल भने २–२ गोलको बराबरीमा सकिएको थियो। जर्मनीले वेम्बलीमा इंग्ल्यान्डविरुद्ध खेलका पछिल्ला सात खेलमा पराजय भोगेको छैन। सात मध्ये पाँच खेलमा जर्मनी विजयी भएको छ भने दुई खेल बराबरीमा सकिएका छन्।
अन्तिम १६ को अन्तिम खेलमा आजै १२ः४५ मा स्विडेन र युक्रेनबीच खेल हुँदैछ। खेल स्कटल्यान्डको ग्लाजगोमा हुनेछ। स्पेनविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको स्विडेनले स्लोभाकिया र पोल्यान्डलाई हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। युक्रेन उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको हो। टिममा रोमन यरेमचुक र एन्ड्री यरमोलेन्कोले प्रभाव जमाइरहेका छन्।
स्विडेन २०२१ मा आठ खेलमा अपराजित छ। आठ मध्ये एक खेलमा मात्र बराबरी खेल्ने क्रममा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेल्यो।