साउदीमा नेपाली श्रमिकलाई राहत
काठमाडौँ, १५, असार । श्रमका लागि साउदी आउने नेपाली कामदारको होटल क्वारेन्टाइन बस्दा लाग्ने खर्च रोजगारदाता कम्पनीले नै व्योहोर्ने भएको छ । विदामा घर गएर फर्किने तथा नयाँ आउने सबै कामदारलाई संस्थागत क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च रोजगारता कम्पनीले तिरिदिने व्यवस्था गरिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदीमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप नलगाइ आउने श्रमिकलाई सरकारले तोकेको ठाउँमा क्वारेन्टाइन बस्नु पर्ने नियम छ ।दूतावासको अनुरोधमा नेपाली श्रमिकको होटल क्वारेन्टाइन खर्च तिरिदिने व्यवस्था भएको बताइएको छ ।
बिदामा नेपाल गइ साउदी फर्किन लागेका श्रमिकलाई फर्किनु पूर्व क्वारेन्टाइनको लागि आफ्नो कम्पनीसँग कुरा गर्न दूतावासले अनुरोध गरेको छ ।रोजगारीको लागि साउदी आउने नयाँ श्रमिकको पनि क्वारेन्टाइन वापतको खर्च रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने छ।
यसअघि कोरोना भाइरस संक्रमणको खोप नलगाइ साउदी आएका नेपालीले होटल क्वारेन्टाइनको लागि ३५ सय साउदी रियाल तिनु पर्दथ्यो ।