लामो दुरीको सार्वजनिक यातयात अझै चलाउन नपाईने
काठमाडौँ, १४, असार । काठमाडौँ उपत्यकामा भोलि देखि २५ सीट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायाता खुला गर्ने निर्णय गरेको भए पनि लामो दुरीको सार्वजनिक यातायाता भने अझै एक साता नचल्ने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरले भोलि देखि लागु हुने गरि थप गरेको एक साता निषेधाज्ञामा लामो दुरीका सार्वजनिक यातायात चलाउन नपाउने उल्लोख गरेका छन् ।









