फोर्ड र गुगलबीच भयो रणनीतिक साझेदारी
काठमाडौँ माघ २३ । एक अमेरिकी बहुराष्ट्रिय वाहन निर्माता कम्पनी फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ ।यी दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् । फोर्डले एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य गरेको हो ।
यसका लागि यी दुई कम्पनीले ‘टिम अपसिफ्ट’ नामको आफ्नो छुट्टै संयुक्त समूह पनि बनाएका छन् । जसमा दुवै कम्पनीका प्रतिभाको प्रवद्र्धन, फोर्डको रुपान्तरणमा सहयोग, व्यक्तिगत उपभोक्ता सेवा, परिवर्तनका लागि उत्प्रेरकको भूमिका खेल्ने, तथ्यांक सहजीकरणलगायतको आपसी सहयोग हुने विश्वास गरिएको छ ।
सवारीसाधन खरिद गर्दा र स्वामित्व हस्तान्तरणमा यसमा भएको तथ्यांकले सहयोग गर्नेछ । फोर्डका सीईओ जिम फार्लीले विद्युतीकरण, कनेक्टिभिटी र सेल्फ ड्राइभिङमा फोर्डले आमूल रुपान्तरण गरिरहेको अवस्थामा गुगल र फोर्डसँगै आउनुले ग्राहकलाई विशिष्ट अनुभूति दिनुका साथै उद्यमलाई पनि आधुनिकीकरण गर्ने बताए । यस्तै अल्फाबेटको सञ्चालकसमेत रहेका गुगलका सीईओ सुन्दर पिचाईले एसेम्बिलिङ उद्योगको सञ्चालनदेखि ड्राइभ एसिस्ट टेक्नोलोजीसम्म आइपुग्दा फोर्डले एक सय २० वर्षको अटोमोबाइल क्षेत्रमा नयाँ अन्वेषणको जग बसालेको बताए ।
उनका अनुसार फोर्डको व्यापारमा र अटोमोटिभ टेक्नोलोजीमा गुगलको एआई, तथ्यांक विश्लेषण र क्लाउड प्लेटफर्मले सेवाग्राहीलाई सुरक्षित बनाउनेछ । डिजिटल यातायात, आधुनिकीकरण तथा सवारीसाधनमा टेक्नोलोजीको प्रयोगका लागि कम्पनीलाई गुगलले गुगल क्लाउड, एआई, एमएल तथा तथ्यांक विश्लेषणलगायतका क्षेत्रमा सहयोग पु-याउने उनको विश्वास छ । गुगलसँगको सहकार्यपछि फोर्डले ग्राहकको विशिष्ट टेक्नोलोजी प्रयोगको तथा सेवामा सुधार भएको अनुभूति दिलाउने जनाएको छ ।