image
image
बाढी प्रभावितका लागि डब्लुएचओको १.५ लाख डलर आपत्कालीन सहायता

बाढी प्रभावितका लागि डब्लुएचओको १.५ लाख डलर आपत्कालीन सहायता

सोमबार, १५ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा र आपत्कालीन प्रतिकार्यका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले १ लाख ५० हजार अमेरिकी डलर (करिब २ करोड रुपैयाँ) सहायता उपलब्ध गराएको छ। बाढीबाट ७३० भन्दा बढीको मृत्यु, करिब २,५०० जना बेपत्ता र सयौँ घाइते भएको अवस्थामा बागमती र गण्डकी प्रदेशका करिब १० हजार परिवारलाई तत्काल राहत आवश्यक रहेको छ। रसुवाका चार र धादिङका दुई स्वास्थ्य संस्था क्षतिग्रस्त हुनुका साथै सडक अवरुद्ध हुँदा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा र राहत पुर्‍याउन चुनौती देखिएको छ। डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गर्दै स्वास्थ्य सामग्री, रोग निगरानी तथा आपत्कालीन स्वास्थ्य प्रतिकार्यमा सहयोग जारी राख्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।