image
image

उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो,  के गर्न पाईने के नपाईने ?

काठमाडौँ, १४, असार । काठमाडौं उपत्यकामा दुई महीनाबाट लागू भइरहेको निषेधाज्ञा फेरि एक साता थपिएको छ। अबको एक सातामा भने सार्वजनिक यातायात पनि सञ्चालन हुने भएको छ। 

सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्दै २५ सीटभन्दा माथिका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो। तैपनि अझै केही क्रियाकलापमा रोक लगाइएको छ।

उपत्यकामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लर, हेल्थक्लब, फूटसल, जीमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पाइनेछैन। 

खुला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न–गराउन नपाइने, विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने भएको छ। यससँगै पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिमा रोक लगाइएको छ। 

विद्यालय, कलेज, विश्वविद्यालय पनि खोल्न नपाइने भएको छ। शैक्षिक संस्थाले भौतिक उपस्थितिमा परीक्षा पनि लिन पाउनेछैनन्। 

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्न दिए पनि काठमाडौं प्रवेशमा लगाइएको रोक यथावत् छ। काठमाडौं बाहिरबाट अत्यावश्यक कार्य (उपचार, मृत्युसंस्कार, बिरामी तथा कुरुवा) बाहेक अन्य कामका लागि आउन पाइनेछैन। 

यस पटक अन्य क्रियाकलापलाई भने खुकुलो पारिएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर २५ सीटभन्दा माथिका सवारी साधन सञ्चालन गर्न दिइएको छ। निजी सवारी साधनमा भने जोर–बिजोर प्रणाली यथावत् राखिएको छ। 

अब दैनिक उपभोग्य सामानका पसल, स्टेसनरी, खेलकुद सामग्रीका पसल साँझ ६ बजेसम्म खोल्न पाइनेछ। डिपार्टमेन्ट स्टोर, शपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, सुनचाँदी पसल, भाँडा, विद्युतीय घरायसी सामग्री पसल, निर्माण सामग्रीका पसल भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ। 

उपभोग्य सामानको होम डेलिभरी, रेस्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डर ‘टेक अवे’ सेवा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।