भोलिबाट उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गरिने
काठमाडौँ १४ असार । भोलिबाट उपत्यकामा सार्वजनिक बस पुनः सञ्चालनमा आउने भएको छ । सरकारले जोर बिजोर प्रणालीमा बसहरु चल्न दिने निर्णय गरेपछि यात्रुवाहक सार्वजनिक बस सञ्चालनमा आउने भएको हो ।
स्वास्थ्य शतर्कता कायम राखेर २५ सिटभन्दा माथिका बसहरु जोर बिजोरमा सञ्चालन गर्न दिने निर्णय भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ ।