लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई सेयर कारोबारमा रोक लगाउन सकिने; धितोपत्र बोर्ड
काठमाडौं माघ २३ । धितोपत्र बोर्डले अब लामो समयदेखि साधारणसभा तथा वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीहरूलाई सेयर करोबारमा रोक लगाउने भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से)लाई निर्देशन दिदैं बोर्डले लामो समयदेखि साधारणसभा तथा वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीहरूको सूची तयार पार्न भनेको हो।
बोर्डले नेप्सेमा सुचिकृत सबै कम्पनीको यथार्थ विवरण अध्ययन गरी जानकारी गराउन नेप्सेलाई निर्देशन दिएको हो । जुनजुन कम्पनीले नेप्सेलाई बुझाउनु पर्ने त्रैमासिक वित्तीय विवरण समेत नबुझाइ कारोबार गरिरहेका छन्, त्यस्ता कम्पनी ‘रेड लिष्ट’मा पर्ने बोर्डले जानकारी दिएको छ ।
त्यस्तै २०७६ साल असारमसान्तसम्मको वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरु पनि पाईएकोछ । अब त्यस्ता कम्पनीहरुको छानविन सँगै सेयर कारोबार पनि रोक्का हुने जानकारी दिएका छन् । हाल केही इन्स्योरेन्स तथा जलविद्युत कम्पनीहरू तथा माइक्रोफाइनान्सको शेयर कारोबारमा रोकिन सक्ने अनुमान बोर्डले गरेको छ ।
बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्न तथा आम लगानीकर्तालाई कम्पनीको यथार्थ अवस्था जानकारी गराउन उक्त पहल गर्ने बताए ।