लागुऔषध प्रयोग नियन्त्रणमा साझा सङ्कल्पको खाँचो छ : गृहमन्त्री पौडेल
काठमाडौँ १२ असार । उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र समुदायस्तरको सामूहिक ऐक्यबद्धतासहित साझा सङ्कल्पको खाँचो रहेको औँल्याएका छन् ।
अन्तरराष्ट्रिय लागुऔषध दिवस २०२१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री पौडेलले नेपालको जनसाङ्खिक लाभको रूपमा रहेको युवा समुदायलाई लागुऔषध नियन्त्रणको अभियानमा सरिक गराउन दिवसले प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न युवा शक्तिको परिचालन अपरीहार्य रहेको समेत बताए ।