ब्याउदै नब्याएको कोरली गाईको ४ लिटर दूध, हेर्न आउनेको घुइँचो
गण्डकी १२ असार । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले दूध दिएपछि चर्चामा आएको छ । पौडेलको गाईको ब्याउन ५ महिना बाँकी हुँदै दूध आउन थालेको हो । यसरी व्याउने गाईले दुध दिदा अच्च्मित परेर गाई हेर्नेको घुइँचो समेत बढेको छ
साढे दुई वर्षको मिनिजर्सी सो बाच्छी ब्याउन अझै ५ महिना बाँकी हुँदै थुनबाट आफैँ दूध झर्न थालेपछि पौडेल अचम्ममा परेका थिए । त्यसपछि उनले गाई दुहुन थाले । अहिले बिहान २ लिटर र बेलुका २ लिटर दूध दिने गरेको छ । दूध स्वाद पनि अन्य गाईको जस्तै सामान्य रहेको पौडेलले बताएका छन् ।
गाई नव्याउँदै दूध दिने विषय बिरलै हुने गरेको बताउने पशु चिकित्सक डा मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नव्याउँदै दूध दिन थालेको हो,” उहाँले भन्नुभयो, “यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नु पर्दछ ।”