image
image

नागरिक उड्डयन प्राधिकरणमा  १० जनालाई सरकारी जागिरको अवसर

काठमाडौं, १२, असार। नेपाल नागरिक उड्यन प्राधिकरणमा १० जनाको लागि रोजगारीको अवसर आएको छ।प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त रहेका प्राविधिक सेवा एफास समूह चौथो तहका सहायक पदहरुको लागि करारमा कर्मचारी लिन लागेको हो।

उक्त रोजगारीका लागि न्युनतम एसएलसी वा सो सरहको योग्यता भएको र १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) नेपाली नागरिकले असार २७ गतेभित्र निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।

लिखित परीक्षा नहुने उक्त रोजगारीको लागि प्रयोगात्मक र अन्तर्वार्ताको माध्यमबाट कर्मचारी नियुक्त गरिेने छ। तर आवेदकले नागरिक उड्डयनसँग सम्बन्धित संस्थाबाट उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

असार २९ गते त्रिभुवन विमानस्थलको फायर स्टेसनमा प्रयोगात्मक परीक्षा हुने र उत्तीर्ण उमेदवारहरुलाई असार ३० गते बिहान प्राधिकरणको प्रधान कार्यालयमा अन्तर्वार्तामा सहभागी गराइने उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।