image
image

वर्षाका बाबजुद अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

काठमाडौँ, १२, असार । मनसुनी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ।मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौंको आकाशलाई पू्र्णरुपमा बादलले ढाकेको छ।

प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ। अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान अवरोध नभएको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकतर्फ केही गन्तव्यको उडान सामान्य प्रभावित भएको छ।

निरन्तरको वर्षा र बदलीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडानमा केही असहजता आए पनि अहिले क्रमशः सुधारोन्मुख छ। अन्तर्राष्ट्रिय उडानको भिजिबिलिटी दुई हजार ५०० रहेको छ। त्यो उडानका लागि उपयुक्त हुन्छ। अन्तर्राष्ट्रिय उडानतर्फ अधिकांश बिहानीको समयमा भएका छन्। काठमाडौं अवतरण गर्ने जहाज बिहानै आइसकेका र साँझपखका उडान मात्र भएकाले कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ। आन्तरिकतर्फ सीमित सङ्ख्यामा चार्टर्ड र उद्धार उडानमात्रै भइरहेको छ।

सरकारले यही असार १७ देखि मुलुकको आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। अन्तर्राष्ट्रिय उडानमा पनि असार १० गते बिहीबारदेखि कतिपय गन्तव्यमा केही उडान सङ्ख्या थप गरिएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। आन्तरिक उडान वैशाख २० र अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगन गरिएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।