image
image

नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण;जनक शिक्षा केन्द्र

काठमाडौँ, १२, असार । नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्री वितरण गरेको पाइएको छ । जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको हो । नयाँ शैक्षिक सत्र सुरु भएपछि पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।

विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ ।

कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा  कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प्रकाशन भएको छ । यस्तै कक्षा ५ को पाठ ६ मा नक्सामा संकेतहरु भरौँ पाठमा पुरानै नक्सा प्रकाशन भएको छ ।

किताबको पहिलेको मूल्य छोपेर केही बढाएर नयाँ मूल्य समेत राखिएको एक अभिभावकले जानकारी दिए ।

पाठ्यक्रम विकास केन्द्र भन्छ स् स्टक होला, फिर्ता हुन्छ

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बजारमा पुरानै स्टकको किताब गएको हुन सक्ने दावी गर्दै त्यस्ता पुस्तक फिर्ता हुने उल्लेख गरे ।

भट्टराईले भने, ‘पाठ्यपुस्तकमा नयाँ नक्सा प्रकाशन गर्ने पोहोर निर्णय भएको हो । त्यो निर्णयअघि नै छापिएका पुस्तक रहेछन् भने त्यसलाई सच्याउने प्रक्रिया चलिरहेको छ । अहिले कहीँ बजारमा त्यस्तो भेटिएको हुन सक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।