स्वास्थ्य शुरक्षाका मापदण्ड पालना गर्दै खुमलटारमा धान दिवश मनाइने, नाचगान र हिलो छ्याप्न नपाइने
काठमाडौं, १२, असार । आउँदो असार १५ अर्थात धान दिवश स्वास्थ्य शुरक्षाका मापदण्ड र सरकारले तोकेको स्वास्थ्य ‘प्रोटोकल’ पालना गर्दै खुमलटारमा मनाइने भएको छ । कोरोनाको जोखिम अझै पनि कायम रहेकाले विगतका दिनमा जस्तो नाचगान र प्रतियोगितात्मक कार्यक्रम नहुने कृषि विभागले जनाएको छ ।
‘अहिलेको माहोल पनि राम्रो भएन । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर खुमलटारमा धान रोपाइँ दिवश मनाइने तयारी छ’ विभागका सुचना अधिकारी डा। महादेवप्रसाद पौडेलले भने, ‘तर, विगतमा जस्तो नाचगान, रोपाइँसम्वन्धी गीतलगायतका प्रतियोगितात्मक कार्यक्रम हुँदैनन् । ‘सिम्बोलिक’ रुपमा नै मनाउने भन्ने छ ।’
‘धान उत्पादनमा वृद्धि, खाद्य शुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ असार १५ मा १८ औं राष्ट्रिय धान दिवश मनाउन लागिएको हो । प्रत्येक जिल्लाहरुले पनि धान दिवश तथा रोपाइँ महोत्सव मनाउँदैछन् । त्यस्तै, केही स्थानीय तहहरु र जिल्लामा ज्ञान कन्द्रले पनि धान दिवश मनाउने तयारी गरेको उनले बताए । न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्दै स–साना उपसमुह बनाएर रोपाई महोत्सव आयोजना गर्नुपर्ने जनाइएको छ ।
रोपाइँ गर्दा पनि व्यक्ति व्यक्तिबीच दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । सांस्कृति कार्यक्रम, परम्परागत तथामनोरञ्जनात्मक (हिलो छ्याप्ने) गतिविधि गर्न नपाइने सरकारले तोकेको स्वास्थ्य प्रोटोकलमा भनिएको छ ।रोपाइँ हुने क्षेत्रमा तयारी खाजाहरुको व्यवस्था गर्ने, साबुन पानी हात धुने व्यवस्था मिलाउने, गुणस्तरीय स्यानिटाइजरको व्यवस्था गर्ने लगायतका शुरक्षाका उपाय अपनाउनुपर्ने जनाइएको छ ।