बढ्यो सर्पदंशको जोखिम
दाङ ११ असार । वर्षाको समय शुरु भएसँगै दाङमा सर्पदंशको जोखिम बढेको छ । सर्पदंशका बिरामीलाई विषालु सर्पले डस्यो भने अस्पताल पु¥याउन कुनै अलमल गर्नु हुँदैन । त्यो ज्ञान सर्वसाधारणलाई नभएका कारण बिरामीको अकालमा ज्यान जाने गरेको समेत जाने गरेको छ । गाउँपालिकाको लगानीमा निर्माण भएको भवनमा नेपाली सेना रिपुमर्दन गण दाङको प्राविधिक सहयोगमा सर्पदंशको उपचार शुुरु गरिएको हो । उक्त उपचार केन्द्रमा तत्कालका लागि नेपाली सेनाले तीन तालीम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपालिकाले दुई दक्ष स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
यसअघी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र अन्य स्वास्थ्य एकाइबाट सर्पदंशका बिरामीलाई प्राथमिक उपचारपछि जिल्लाबाहिर पठाउने गरिएको थियो । गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यो समस्या समाधान भएको छ । सर्पदंशका कारण हरेक वर्ष कम्तीमा पाँचदेखि सात व्यक्तिको मृत्यु हुने गरेको थियो । वर्षा र गर्मी दुवै मौसममा सर्पदंशका घटना बढ्ने गर्छन् ।
दाङ पनि सर्पदंशको जोखिमको जिल्लाभित्र पर्छ । त्यसमध्ये देउखुरी क्षेत्र बढी जोखिम मानिन्छ । गढवामा सर्पदंशको उपचार हुने गर्छ । लमहीमा सञ्चालनको तयारीमा छ । सो सर्पदंश उपचार केन्द्रमा विषालु सर्पले डसेर उपचारका लागि पुगेकाले नयाँ जीवन पाउन थालेका छन् । बिरामीको अवस्था बिग्रिसकेपछि उपचार केन्द्रमा पु¥याउँदा उपचार गर्न गाह्रो पर्ने गरेको छ ।
“सर्पले डस्ने बित्तिकै उपचारका लागि पु¥याउनुपर्छ , झारफुक गर्ने, घरमै अलमलमा पर्दा बिरामीको ज्यान जोखिममा पर्छ”, स्वास्थ्यकर्मी देवीराम आचार्यले भन्नुभयो, “यहाँ आउने धेरै बिरामी विषालु नभएका सर्पले डसेर आउनुहुन्छ ।” बिरामी र आफन्तले ढिला गरी स्वास्थ्य संस्थामा ल्याउने भएका कारण बिरामीलाई बचाउन नसकिने अवस्था छ ।
गढवामा नेपाली सेनाको निगरानीमा उपचार हुने गरेको छ । लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी गरेको छ । उपचारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न देउखुरीमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालीम प्रदान गरेको छ । लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकामा कार्यरत स्वास्थ्यर्मीलाई सर्पदंशको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न तालीम प्रदान गरिएको लमहीका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।
त्यस्तै सर्पले डसेको खण्डमा बिरामीलाई सजिलो हुने गरी भुइँमा सुताएर शरीरमा कसिएको कपडा फुकाली दिनुपर्छ । डसेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ । यी सबै कुरा गरिसकेपछि छिटोभन्दा छिटो नजीकैको उपचार केन्द्रमा पु¥याउनुपर्छ ।