image
image

रासायनिक मलको अभाव छैन; कृषि मन्त्रालय   

काठमाडौँ, ११, असार । समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने सरकारको दाबी छ । मौसमले साथ दिएकाले र मलको पनि अभाव नभएकाले यसपालि धानको उत्पादन बढ्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले बताउनुभएको छ ।

यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरिएको छ । पोहोर ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुसार बर्खाका लागि अहिले ८० हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । हिउँदका लागि पनि मलको अभाव हुन नदिन सरकारले भारत, बंगलादेशलगायत देशबाट मल ल्याउँदैछ ।

जीटूजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागिएको छ । कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने प्रस्ताव गरिएको छ तर भारतले यो मात्रामा मल दिन नसकिने भन्दै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ ।

भारतबाट मागे जति मल नआए पनि अन्य देशबाट पनि ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले मल खरिद सम्झौताका लागि अन्तिम तयारी भइरहेको र केही दिनमा टुङ्गो लाग्ने बताउनुभयो । यसअघि बङ्गलादेशसँग गरिएको जीटूजी सम्झौताअनुसार ५० हजार मेट्रिक टनमध्ये ४० हजार मेट्रिक टन नेपाल आइसकेको छ भने १० हजार मेट्रिक टन आउने क्रममा रहेको कार्कीले जानकारी दिनुभयो ।

मनसुन सुरु भएसँगै देशका केही ठाउँमा रोपाइँ सुरु भइसकेको छ । लगातार पानी पर्न थालेपछि काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरासहितका देशका विभिन्न ठाउँमा केही दिनदेखि रोपाइँको काम धमाधम भैरहेको छ ।  निषेधाज्ञाका कारण धेरैजना गाउँघरमै भएकाले पोहोर जस्तै यसपालि रोपाइँ लगायत खेतीको काम गर्न सजिलो भएको छ । यसले गर्दा यसपालि रोपाइँको क्षेत्रफल पनि बढ्ने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।