पुष्पजन्य वस्तुलाई अत्यावश्यक सूचीमा राख्न व्यवसायीहरुको माग
काठमाडौँ, ११, असार फुला तथा पुष्पजन्य वस्तुलाई अत्यावश्यक वस्तुसरह ढुवानी र बिक्रि वितरणमा सहजीकरण गर्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना भाइरस संक्रमण महामारी सुरु भएयता पुष्प व्यवसाय थला परेपछि पुष्प व्यवसायीले फूललाई अत्यावश्यक वस्तुसरह बिक्रि वितरण गर्ने वातावरण बनाउनुपर्ने जोड दिएका छन् ।
राष्ट्रिय किसान आयोगले आयोजना गरेको ‘कोरोना भाइरस संक्रमण महामारी रोकथामा तथा नियन्त्रणका लागि गएिको निषेधाज्ञाका कारण पुष्प उत्पादा र बजारीकरणमा भएका समस्या र समाधान उपाय’ भर्चुअल कार्यक्रम पुष्प उद्यमी तथा व्यवसायीले यस्तो बताएका हुन् । सो कार्यक्रममा फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि पुष्प व्यवसाय ठप्प भएको र यसमा आवद्ध किसान र व्यवसायी पलायन हुने अवस्था आएको बताए ।
त्यस्का लागि तत्काल फूललाई अत्यावश्यक वस्तुसरह बिक्रि वितरण र व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । सरकारी निकायले फुल र पुष्प व्यवसायीलाई व्यवसायमा टिकाइराख्न र आत्मनिर्भर उन्मुख भएको पुष्प व्यवसाय धराशायी हुनबाट बचाउन सहजीकरण गर्नुपर्ने बताए । पुष्प व्यवसायी देवी वाग्ले स्वदेशी फूलले बजार नयाएको बताइन् । उनले विदेशबाट आयात हुन फूल निर्वाध रुपमा बिक्रि भइरहेका भन्दै उनले पनि फूललाई बिना रोकतोक ढुवानी र बिक्रि वितरणको वातावरण बन्नुपर्ने बताइन् ।