स्याङजामा चट्याङ लागेर एकको मृत्यु
काठमाडौँ, ११, असार । अर्जुनचौपारी गाउँपालिका–२ घडेरीमा शुक्रबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ।आफ्नै घरको कोठामा सुतिरहेका अवस्थामा १५ वर्षीय रोहित गुरुङको मृत्यु भएको भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार बिहान साढे ५ बजेतिर परेको चट्याङबाट ओछ्यानमै किशोरको गएको हो।









