image
image

सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले २२ लाख उठाए

काठमाडौँ, ११, असार । सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले २२ लाख उठाएका छन् । प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले स्थापना गरेका ‘सिन्धु सहयोग कोष’ मा कलाकारहरुबाटै उक्त रकम जम्मा भएको हो । बिहीबार काठमाडौँमा एक कार्यक्रमका बीच कोष स्थापनाको औपचारिक घोषण गरिएको थियो । कलाकर्मीहरुद्वरा सञ्चालित उक्त कोष स्थापनकै दिन करिव २२ लाख रुपैयाँ कलाकारबाट जम्मा भएको अभिनेता तथा कोषका कोषाध्यक्ष जीतु नेपालले जानकारी दिए । 

‘सिन्धुपाल्चोक जिल्ला मेलम्ची, हेलम्बु , पाँचपोअरी र ईन्द्रावतीमा पर्न गएको प्राकृतिक प्रकोपमा (कलाकर्मीद्वरा संचालित सिन्धु सहयोग कोष) स्थापना गरि आजै कोषमा लगभग २२ लाख हामीबाटै संकलन भएको छ’ नेपालले समाजिक संजालमा लेखेका छन् । दीर्घकालिन सोचका साथ सम्पुर्ण कलाकमीहरुको एकता भएको हो । हामी मेलम्चीको पानि खानेहरुले सिन्धुलाई मलम लगाउने प्रयास गरिरहेका छौँ’ नेपालले कोषमा स्वतस्फूर्त सहयोगका लागि सबैमा अपील समेत गरेका छन् । 

कोषका संयोजकमा अभिनेता कृष्ण मल्ल रहेका छन् भने  सह संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् । कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सह कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमाझ अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका छन् ।

कार्यक्रममा कोषका लागि करिश्मा मानन्धरले एक लाख, नेपाल फिल्म सोसाइटीका तर्फबाट कृष्ण मल्लले एक लाख एक हजार, कृष्ण ढुंगानाले ५० हजार ५ सय ५५ रुपैयाँ, जीतु नेपालले ५१ हजार, संगीतकार चेतन सापकोटाले ५० हजार, नेपाल चलचित्र कलाकार संघले ५१ हजार, निर्माता तथा वितरक गोपालकाजी कायस्थले २५ हजार, नेपाल चलचित्र निर्देशक समाजका तर्फबाट महासचिव जनक दीप पराजुलीले एक लाख एक हजार, किरण केसी तथा राज केसी ग्रुपबाट २ लाख ५३ हजार, सुभाष खड्काबाट एक लाख, अभिनेता भुवन केसीले एक लाख दिएका छन् । 

त्यस्तै कलाकार सुरेन्द्र केसीबाट २५ हजार, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका नारायण प्रधानबाट २५ हजार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक लाख एक हजार, शिवहरि नेपाल बैरागीले २५ हजार ५ सय २५, इन्द्र दोङ ‘खम्बे’ले ७५ हजार, मदन दास श्रेष्ठले ५१ हजार तथा घर निर्माणका लागि ५ लाख ‘राष्ट्रिय जेष्ठ नागरिक महासंघ’, शोभित उप्रेतीले २ लाख ५१ हजार, चलचित्रकर्मी मदनकुमार श्रेष्ठले ५१ हजार, नेपाल चलचित्र नृत्य संघले २५ हजार, गायिका सुनिता दुलालले ५१ हजार ५ सय ५५ तथा समाजसेवी अनु उर्मिला शेले १० हजार रुपैयाँ कोषलाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।