जोरविजोर प्रणालीका कारण अत्यावश्यक वस्तुको ढुवानीमा समस्या
काठमाडौँ - सरकारले अत्यावश्यक वस्तुका सामान बोकेका गाडी निर्वाधरुपमा चल्न दिने भनेपनि ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन् । बिहान ९ देखि ११ र अपरान्ह ४ देखि बेलुका ७ बजेसम्म बाहेक अन्य समयमा मात्र अत्यावश्यकका गाडीमा चल्न दिने भनिएपनि ट्राफिकले जोरविजोर भन्दै सवारी साधन रोकेपछि सामान ढुवानीमा अवरोध आएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर अत्यावश्यक वस्तुका सामान तोकिएको समयमा चल्न पाउने बताएको छ । तर ट्राफिकले भने जोरविजोर भन्दै सवारी साधन सञ्चालनमा अवरोध पु¥याएको हो । दुग्धजन्य पदार्थ, खाद्यान्न, तरकारी बोकेका गाडीमा समेत जोरविजोर प्रणाली लागु हुँदा ढुवानीमा समस्या भएको व्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले अत्यावश्यक वस्तु बोकेका गाडी जोरविजोर भनेर रोक्दा सामान ढुवानी गर्न समस्या परेको बताए । “अत्यावश्यक सामान बोकेका गाडी निर्वाधरुपमा तोकिएको समयमा चल्न दिनुपर्छ” उनले भने, “ट्राफिक प्रहरीले जोरविजोर भनेर गाडी रोक्दा सामान आपूर्ति गर्न समस्या परेको छ ।”
जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर अत्यावश्यक सामान बोकेका गाडीलाई निर्वाधरुपमा चल्न दिने भनेपनि बीच बीचमा जोरविजोर भनेर गाडी रोक्दा समस्या परेको व्यवसायीको भनाइ छ । सरकारले मंगलबारदेखि निषेधाज्ञा कायम गर्दै बजार पसल खुला गरेर सवारी साधनमा जोरविजोर चलाउन पाइने बताएको थियो ।
ट्राफिक महाशाखाका एसपी श्याम अधिकारीले तोकिएको समय भन्दा अन्य समयमा चल्ने गाडीलाई रोक लगाइएको जानकारी दिए । “तत्काल सड्ने बिग्रने अत्यावश्यक सामान बोकेका गाडीलाई निर्वाधरुपमा चल्न दिएका छौं” उनले भने, “कोरोनाको जोखिम कायम रहेकाले अन्य समयमा हिड्ने गाडीलाई रोक लगाएका छौं ।”
-कारोबार दैनिकमा