image
image

पेट्रोलियम पदार्थको तस्करी रोक्न एकीकृत योजना बनाइने

काठमाडौँ, नेपालबाट भारतमा हुने पेट्रोलियम पदार्थको तस्करी रोक्न नेपाल आयल निगमले एकीकृत योजना बनाउने भएको छ । नेपाल भारत सीमा क्षेत्रमा हाल कायम रहेको पेट्रोल, डिजेलको मूल्यमा नेपालतर्फ सस्तो भएकाले भारततर्फ भइरहेको तस्करी रोक्न एकीकृत योजना तर्जुमा गरिने निगमले जनाएको छ । हाल भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३७ रुपियाँ र डिजेल प्रतिलिटर ४३ रुपियाँ सस्तो रहेको निगमले जनाएको छ ।

खुला सीमा र सीमा क्षेत्रका बासिन्दाको पारिवारिक सम्बन्ध भएकाले पनि तस्करी नियन्त्रण गर्न कठिनाइ भइरहेको स्थानीय प्रशासनको दाबी रहेको पनि निगमले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उद्धृत गर्दै नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिअनुसार प्रजिअ तिमिल्सनाले ‘खुला सीमा र पेट्रोल डिजलको मूल्यमा ठूलो अन्तर भएकाले समस्या हुने गरेको’ निगमलाई बताउनुुभयो ।

स्थानीय प्रशासनले भारततर्फको तस्करी रोक्न एकीकृत योजना बनाउन सुझाएपछि नै निगमले योजना निर्माण प्राथमिकतामा राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । झापामा आइतबार आयोजित अन्तक्र्रियामा पनि सरोकारवालाले सीमामा हुने तस्करी रोक्न जोड दिएपछि निगमले योजना निर्माण गर्ने भएको हो ।

पेट्रोलियम पदार्थ बिक्री वितरणमा गर्नुपर्ने आवश्यक सुधारका कामहरूलाई निगमले प्राथमिकता दिएको उपाध्यायले जनाउनुभएको छ । उहाँका अनुसार तत्काल सुधारका लागि निगमले अन्तरदेशीय सीमाको नजिक निगमको आधिकारिक पेट्रोलियम बिक्रेता नियुक्तिको नयाँ मापदण्ड तय गर्नुपर्ने, पेट्रोलियम पदार्थको बिक्री वितरणलाई अझ प्रविधिमैत्री र पारदर्शी बनाउनुपर्नेछ ।

प्रवक्ता उपाध्यायका अनुसार तराईमा पेट्रोल पम्पको सङ्ख्या बढी भएको गुनासो स्थानीय तहहरूको छ । ती पम्पहरू मर्जर गर्ने, आधुनिकीकरण गर्ने र पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सूचना प्रणालीसँग जोड्ने नीतिको आवश्यकता रहेको सुझाव आएका छन् ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।